ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते दुईजनाको मृत्यु भएको छ । हिजो बुधबार साँझपख भएको घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको मृत्यु भएको हो । सुमित र सिर्जन सहोदर दाजुभाइ हुन् ।
गलत नम्बरमा फोन जाँदाको विवादले चक्कु प्रहार
प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीबच नेपालीलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा गएको थियो , त्यही विषयमा उनीहरुबीच विवाद भएको खुलेको छ ।
नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भएको थियो । यसपछि इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए । नेपालीले त्यही उनीहरुलाई छुरी प्रहार गरेका प्रहरीको भनाइ छ ।
✏️ टिप्पणी लेख्नुहोस्