सरकारले आगामी १२ बैशाखबाट संसदको अधिवेशन बोलाउने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गरेको हो।
संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरिएको हो । सायद १५ दिनदेखि शिक्षकहरु सडकमा नभएका भए सरकारले संसद अधिवेशन बोलाउन यति हतार गर्ने थिएन । शिक्षकहरुले अध्यादेशमार्फत भए पनि विद्यालय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिइरहेका छन् ।
‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यार्थी भर्ना, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ’, शिक्षा मन्त्री विद्या भट्टराई भन्छिन् ।
✏️ टिप्पणी लेख्नुहोस्