नेपाली कांग्रेस संखुवासभाका सभापति एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । त्यस बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।