लोसपाको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

no-image

नेपाल मुहार - २०८०-१२-०७

लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ ।

महोत्तरीको बर्दिवासमा हिजो देखी सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।

राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडे पछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रिय समिति बैठक बोलाएको हो । 

बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिए पछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन ।
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview