रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

no-image

नेपाल मुहार - २०८१-०१-२८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।

ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए । 

उनले भने- ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति

बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले  समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview