सत्ताको किचलोः हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

no-image

नेपाल मुहार - २०८०-१२-१६

हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशमा हिजो नियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ ।

हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता बज्राचार्यलाई कारबाही गर्ने भएको हो ।
शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएका भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन् ।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमती गर्दै सरकारमा सहभागी भएका हुन् ।
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview