नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

no-image

नेपाल मुहार - २०८०-१२-१८

काठमाडौं, चैत १८ । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ। 

 


यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। 
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview