इमरान खान दम्पतिको १० बर्षको जेल सजाय उच्च अदालतद्वारा स्थगित

no-image

नेपाल मुहार - २०८०-१२-१९

काठमाडौँ । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ ।

जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपील गरेका थिए ।

इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँ गुल हसन औरंगजेबको दुई सदस्यीय डिभिजन बेन्चले सोही याचिकाको सुनुवाइ गर्दै सोमबार यस्तो निर्णय गरेको हो ।

अदालतले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिवाना तोकेको थियो । उनलाई आगामी १० वर्षका लागि सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरिएको थियो ।

अदालतबाट राहत पाए पनि इमरान खान अहिले जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने उनीविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview