त्रिविको नव नियुक्त उपकुलपतिलाई डा. संग्रौलाको ६ गहन सल्लाह

no-image

नेपाल मुहार - २०८०-११-१२

हिजो फागुन १० गते नियुक्त भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति प्रा. डा. केशरजंग बराललाई अर्का डा. युवराज संग्रौलाले ६ बुँदे गहन सल्लाह दिएका छन् । त्रिविको साख फर्काउन डा. संग्रौलाले नवनियुक्त उपकुलपतिलाई यस्तो सल्लाह दिएका हुन् ।

डा. युवराज संग्रौला लेख्छन्– ‘२०४३ साल देखि चिन्छु । आफ्नो विषयको पोख्त प्राध्यापक हुनुहुन्छ । उहाँलाई बधाई दिन्छु । चार प्लस दुई सरकारसँग माग्नुस् ।’ अर्थात ६ वटा बुँदामा उनले सल्लाह दिएका छन् ।

डा. संग्रौलाले नव नियुक्त उपकुलपति प्रा.डा. बराललाई दिएको चार सल्लाह यस्ता छन्

१. सरकारसँग २०० प्रहरी मागेर विश्वविद्यालयको सुरक्षाको लागि राख्नुहोस् र त्रिविका शिक्षक र सम्पत्तिको सुरक्षा गर्नुहोस् ।

२. कीर्तिपुरलाई नमुना विविमा रूपान्तरण गर्न ठुल्ठुला कलेज जस्तैः पृथ्वीनारायण क्याम्पसलाई मानित विश्वविद्यालय वा आफ्नो पाठ्यक्रम र परीक्षा आफैं लिइ प्रमाणपत्र दिने संस्थामा विकासगरि त्रिविलाई हलुका पार्नुहोस् ।

३. त्रिविका दलीय राजनीति कर्मचारी र शिक्षक संघलाई हटाउनु होस् ।

४. धनीका छोराछोरीले शुल्क तिर्ने र गरीवले अध्ययनवृत्ति पाउने ब्यवस्था गर्नुहोस् ।

५. विदेशी सहयोगका नाममा उच्च शिक्षामा भएको हस्तक्षेप बन्द गर्नुहोस् । त्रिविलाई उद्योग र उत्पादनको केन्द्र बनाउनुहोस् । पाँच वर्षमा तिर्नेगरी सरकारसँग ऋण लिएर भौतिक र शैक्षिक सुधार गर्नुहोस् ।

६. सामाजिक विज्ञानको पठन पाठनलाई समान प्राथमिकता दिंदै सेनास, सेडा, रिकास्टलाई तत्काल पहिलाको अवस्थामा फर्काउनहोस् ।

अन्त्यमा उनले लेखेका छन् – ‘हाम्रो समर्थन रहने छ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । यस पदकालागि दरखास्त दिने ४३ मध्ये सुरुमा १४ जना छानिएका थिए ।

डा. युवराज संग्रौला

(त्रिवि) उपकुलपति प्रा. डा. केशरजंग बराल

 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview