माओवादीका अर्का नेता पनि पक्राउ

no-image

नेपाल मुहार - २०८०-१२-२०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यो घटना २०६५ मा भएको थियो ।   

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए । 

 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview