लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्दै

no-image

नेपाल मुहार - २०८०-१२-२३

दाङ, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । 


नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।

 

महरालाइ मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जस अनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।

 

जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आइतबारसम्ममा महरालाइ मुख्यमन्त्री नियुक्ति गर्नेछन् । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview