विश्वकै सबैभन्दा कान्छी अर्बपति, यस्तो छ १९ बर्षिया बालिकाको सम्पति

no-image

एजेन्सी - २०८०-१२-२४

फोर्ब्स  म्यागेजिनले सन् २०२४ का लागि प्रकाशित गरेको सूची अनुसार ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् ।

 

यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३ बर्ष वा सो भन्दा कम छ। तिनीहरूसँग सामूहिक रूपमा ११० बिलियनको सम्पत्ति छ। विश्वकै कान्छी अर्बपति लिभिया भोइग्टले आफूभन्दा दुई महिना जेठी एस्सिलोर लुक्सोटिकाका उत्तराधिकारी क्लेमेन्ट डेल भेचियोलाई पछि पारेकी छन् ।

 

लिभिया भोइग्ट ल्याटिन अमेरिकामा विद्युतीय मोटरहरूको सबैभन्दा ठूलो निर्माता डब्लु एजीको ठूलो व्यक्तिगत शेयरधारी मध्ये एक हुन । सो कम्पनीको स्थापना उनका हजुरबुवा वर्नर रिकार्डो भोइग्टले स्वर्गीय अर्बपति एगोन जोआओ दा सिल्भा र गेराल्डो वेर्निङहाउससँग मिलेर गरेका थिए। भोइग्ट हाल ब्राजिलको विश्वविद्यालयमा अध्ययन गर्दैछिन । लिभिया भोइग्टको कुल सम्पत्ति १.१ बिलियन डलर छ। उनकी जेठी बहिनी डोरा भोइग्ट डे एसिस पनि  २०२४ को सबैभन्दा कान्छो अरबपतिहरूको सूचीमा सात नयाँ अनुहारहरू मध्ये एक हुन्।


एजेन्सी

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview