दुई क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गरिँदै

no-image

नेपाल मुहार - २०८०-१२-२४

इलाम र बझाङको उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ । आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । 

इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुँदैछ । 



not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview