कामना इन्टरनेशनल स्कुलमा असल अभिभावक अभिमुखीकरण कार्यक्रम

no-image

नेपाल मुहार - २०८०-१२-२५

काठमाडौंको सानोभर्याङस्थित कामना इन्टरनेशनल स्कुलले हिजो चैत्र २४ गते शनिबार असल अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कुनै पनि बालबालिकालाई असल र सफल व्यक्ति बनाउन विद्यालय, शिक्षक, शिक्षिका र अभिभावकको त्रिकोणात्मक प्रयास एवं भूमिका महत्वपूर्ण रहने तथ्यलाई केन्द्रविन्दुमा राखेर विद्यालयले ‘असल अभिभावक’ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रायशः सबै अभिभावकहरूको उपस्थितिमा रहेको विद्यालयले जनाएको छ ।  

पछिल्लो दशकमा बालबालिकाहरूमा पढाइप्रतिको रूचि घट्दो छ । विज्ञानको विकासले प्रविधिका रुपमा भित्रिएका मोबाइल, ट्यावलेटलगायत उपकरण, अभिभावकहरूको व्यस्त दैनिकी, समाजमा बढिरहेको विकृति, नैतिक एवं व्यावहारिक शिक्षाको अभावमा बालबालिकाहरूमा पढाइप्रति उदासिनता बढ्दै गएको पाइन्छ । यसले बालबालिकहरुको सामाजिक, शैक्षिक, मानसिक तथा व्यावहारिक जीवनमा नै असर पुर्याइरहेको छ । कामना इन्टरनेशनल स्कुलले यीनै समस्याहरुलाई निराकरण गर्ने उद्देश्यले अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रमबाट सचेत परिवार, स्वच्छ समाज र असल अभिभावकीय जिम्मेवारी  निर्माणमा सहयोग पुग्ने विद्यालयले जनाएको छ । 

अभिभावकले आफ्ना बालबालिकासँग गर्ने व्यबहार नै उनीहरुको सिकाइको पहिलो आधार हो । बालबालिकासँग सधैं सकारात्मक रुपले प्रस्तुत हुने र उनीहरुसँग गरिने हरेक व्यवहार असल एवम् नैतिक भए मात्र बाल मनोविज्ञानमा सकारात्मक प्रभाव पर्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् । तिनै अनुसन्धानलाई केन्द्रमा राखेर विद्यालयले अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो । 

शैक्षिक सत्र २०८१ को पूर्व सन्ध्यामा गरिएको कार्यक्रममा वर्षभरी संचालन हुने शैक्षिकलगायत अतिरिक्त योजना बारे अभिभावकहरुलाई जानकारी गराएको थियो । साथै विज्ञान र प्रविधिको अहिलेको युगमा बालबालिकाहरूलाई यसको नकरात्मक असरबाट टाढा राखेर उनीहरुको सर्वाङ्गीण विकासमा विद्याालय, शिक्षक, शिक्षिका र अभिभावकहरूले कसरी भुमिका खेल्न सक्छन् भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष पदमप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो भने ईश्वर ईश्वर श्रेष्ठले अभिभावकहरुलाई अभिमुखीकरण गएका थिए । अभिभावकहरुले कार्यक्रमबाट आफुहरुले धेरै कुरा सिक्ने र जान्ने अवसर पाएको बताएका थिए ।   
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview