गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र

no-image

नेपाल मुहार - २०८०-१२-२५

 गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्र बुझाएको छ । सभामुखले राजीनामा नदिइकन सरकार गठनका लागि समर्थन रहेको देखाउनु गैरकानूनी भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबीलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview