मध्यपुर थिमि बिस्काः जात्रा वारे बौद्धिक जमघट

no-image

नेपाल मुहार - २०८०-१२-२६

‘मध्यपुर थिमि बिस्काः जात्रा अन्वेषण तथा डकुमेन्ट्री निर्माण प्रस्तुतिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया गत शनिबार नयाँ ठिमीमा सम्पन्न भएको छ । मध्यपुर प्रर्बधन समाज, मध्यपुर कराते एकेडेमी, समृद्ध मध्यपुर समाज र पाराडाइम ग्रुपको संयुक्त आयोजनामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका निकैजना विषयगत विज्ञहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मध्यपुर कराते एकेडेमी कमेरेटारको हलमा सम्पन्न भएको थियो ।

काठमाडौ युनिभर्सिटीमा अध्ययनरत श्रुती केसीले खोज अनुसन्धान गरेर तयार पारेको बिस्काःजात्रा सम्बन्धी ऐतिहासिक तथ्य सुनाएर सुरु भएको कार्यक्रममा पर्व तथा सम्पदा विज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो । श्रुती केसीले पाराडाइम ग्रुपका तर्फबाट प्रस्तुति दिएकी थिइन् । यस ग्रपले बिस्काको समयमा उच्च कोटीको भिडियो निर्माण गर्ने छ ।

मध्यपुर थिमिका पुर्व नगर प्रमुख एवं कार्यक्रम संयोजक मदन सुन्दर श्रेष्ठले चारवटा संस्था मिलेर पृथक ढंगले काम गर्न खोजीएको वताए । ‘बिस्केट जात्रा भन्ने बितिकै ‘कतिपयले भक्तपुरको भन्ने बुझेपनि खासमा मध्यपुर थिमीमा बृहत्त ढंगले सम्पन्न हुन्छ भन्ने बुझाउनु आजको आवश्यकता हो’– संयोजक मदन सुन्दरले बताए । स्मरण रहोस् जिब्रो छेड्ने जात्रादेखि सिंदुर जात्रासम्म सबै बिस्काः कै समयमा सम्पन्न हुन्छ । बिस्काः जात्रा पृथक, ऐतिहासिक तथा रोमांचक जात्रा मानिन्छ ।  नयाँ बर्षमा मनाईने यो जात्रा आठ रात नौ दिनसम्म मनाउने चलन छ। 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview