एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’

no-image

एजेन्सी - २०८०-१२-३०

एप्पलले आफना आईफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।  कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आईफोन माथी जासुसी गरेको भन्दै 'अलर्ट' को चेतावनी दिएको हो । 

विश्वका ९१ देशका प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोनले पेगासस आक्रमण जारी रहेको जनाएको हो । एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चिएपछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

घटना गत बुधबार रातीको भएपनि प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 


एजेन्सी

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview