सानिमा बैंकले आफ्ना ग्राहाकलाई नयाँ–नयाँ स्किम दिँदै

no-image

नेपाल मुहार - २०८१-०१-०२

पोखरा । सानिमा बैंक लिमिटेड पोखरा ब्राञ्चले आफ्ना ग्राहाकलाई नयाँ नयाँ स्किम दिन थालेको छ । यसैक्रमम सानिमा बैंक लिमिटेड र पद्म नर्सिङबिच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सानिमा बैंक पोखरा ब्राञ्चका तर्फबाट मेनेजर पुनित विक्रम राणा र हस्पिटलका तर्फबाट एमडी नरेन्द्र बास्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी बैंकका रिलेशनशीप मेनेजर आरोग्य गुरागाईं तथा हस्पिटलका एड्मिनिस्ट्रेटिभ हेड  नरेश पौडेल पनि संझौता कार्यक्रममा सहभागी थिए ।

सानिमा बैंकका ग्राहकहरुले ओपिडीसहितका सबै शुल्कमा १५ प्रतिशत र औषधिको शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् । 

त्यसैगरी लेक साइटमा रहेका त्रिसारा र किङ्स लाउन्जले पनि सानिमाका ग्राहकलाई १० प्रतिसत छुट दिने सहमती भएको रिलेशनशीप मेनेजर गुरागाईं बताउँछन् । उनका अनुसार आगन स्वीट्स् सँग पनि सानिमाका ग्राहकलाई विशेष छुटको संझौता भइसकेको छ । 

सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview