काँग्रेस आक्रोश र पीडामा छ- ओली

no-image

नेपाल मुहार - २०८१-०१-०२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको विषयमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरेका हुन् ।

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएका छन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए ।  

ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको बताउदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए ।  


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview