लक्ष्मणकिशोरले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

no-image

नेपाल मुहार - २०८१-०१-०२

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

चौधरीले नेपाली काँग्रेस र एकीकृत समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका हुन् ।

चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना र  एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेश गरिएको छ ।

सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक रहेको छ ।    


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview