दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

no-image

नेपाल मुहार - २०८१-०१-०४

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्-   

फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैको अस्थीरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत  एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview