कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

no-image

नेपाल मुहार - २०८०-११-१२

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक\एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २÷\ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ । 

त्यस्तै प्रशासनतर्फ १ जना, प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २\२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview