नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने

no-image

एजेन्सी - २०८१-०१-०७

काठमाडौँ । जुलियन नागेल्सम्यानले २०२६ को फुटबल विश्वकपसम्म जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक रहने भएका छन् । नागेल्सम्यानले जर्मन फुटबल फेडेरेसनसँग २०२६ को विश्वकपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने गरी नयाँ सम्झौता गरेका हुन् ।

३६ बर्षिय नागेल्सम्यान गत सेप्टेम्बरदेखि जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक रहेका छन् । उनले २०२६ को विश्वकपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहने सम्झौता गरेपछि यो ठुलो सम्मानको विषय भएको र सबै मिलेर देशलाई प्रेरित गर्न सकिने बताएका छन् ।

आइस हकी खेलाडी रहेका नागेल्सम्यान फुटबल बाहिरबाट आएका युवा र कुटिल प्रशिक्षक मानिन्छन् । उनी यसअघि जर्मनी क्लब बायर्न म्युनिख, आरबी लिप जंग र होफेनहेईमको प्रशिक्षक बनिसकेका छन् ।

उनके नेतृत्वमा जर्मनीले अहिलेसम्म ६ खेल खेलेको छ, जसमा ३ जित, २ हार र एक बराबरी खेलेको छ । जर्मनीले अब आगामी जुनमा युरोकपको आयोजना गर्दै छ, उसलाई युरोकपको प्रमुख दाबेदार मानिएको छ ।
 


एजेन्सी

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview