पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

no-image

नेपाल मुहार - २०८१-०१-१०

काठमाडौँ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् ।

शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview