सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

no-image

नेपाल मुहार - २०८१-०१-१०

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview