फिल्म ‘एक्टर’को शुभ मुहूर्त

no-image

नेपाल मुहार - २०८१-०१-११

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । 

फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।

राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview