डा. खतिवडाको रोमांटिक गीति संग्रह

no-image

नेपाल मुहार - २०८१-०१-११

गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु २०० नै राखिएको छ ।   प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले गीतहरु लेखिएका छन् । गीतकार खतिवडा भन्छन् ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’ 

ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् । शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् । उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस देखिएकाछन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखिएकाछन् । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरुमा प्रेमका विविध स्वरुपहरुलाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ । यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ । गेयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ । खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी अत्यन्तै कम उमेरदेखि गीत लेखनमा सक्रिय छन् ।  


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview