सामान्य बढ्यो नेप्से

no-image

नेपाल मुहार - २०८१-०१-१२

काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । आज ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुदै २ अर्ब ५३ करोड ६४ लाख  ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।

त्यस्तै आज पोखरा फाइनान्सको शेयरले सकारात्मक सर्किट लागेको थियो भने गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले बढेको थियो । आज सबैभन्दा बढी माइ खोला हाइड्रोको शेयर मुल्य ७.८४ प्रतिशतले घटेको छ ।

आज ३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढेको छ । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview