कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

no-image

नेपाल मुहार - २०८१-०१-१३

काठमाडौं- नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ३४ देशका जनसम्पर्क समितिका सभापतिले २०८१ वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा 'क' मा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

कांग्रेसबाट इलाममा डम्बर बहादुर खड्का र बझाङमा अभिषेक बहादुर सिंह उम्मेदवार रहेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले लोकतन्त्रको जग बलियो बनाउँदै जनअपेक्षा पुरा गर्नका लागि कांग्रेसको जित आवश्यक रहेको बताए।

पछिल्लो समय लोकतन्त्रलाई कमजोर पारेर धमिलो पानीमा माछा मार्न सक्रियहरूको संख्या बढ्दै गएकाले सबै जनता सचेत रहनु पर्ने उनले बताए। 'प्रवासमा रहेका नेपालीहरूले पनि समृद्धि, विकास र सुदृढ लोकतन्त्रका लागि उपनिर्वाचनमा घर परिवारलाई फोन गरेर रुख चुनाव चिन्हमै मतदान गर्न आग्रह गर्नुपर्छ,' उनले भने।

जनतालाई भ्रममा राखेर आफ्नो स्वार्थ केन्द्रित काम गर्न नयाँ राजनीतिक शक्तिहरू सक्रिय रहेकाले उनीहरूसँग पनि सावधान रहनुपर्ने विष्टको ठहर छ। एमाले र माओवादीलगायतका कम्युनिष्ट शक्तिहरू पनि स्वार्थकेन्द्रित राजनीतिमा रुमलिरहेको आरोप लगाए।

१. आनन्द विष्ट - सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली - सभापति, नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड  
५. पदम सुन्दर गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन                  
६. सुभाष गुरूगं - सभापति, नेपाली जनसम्पर्क समिति, बेल्जियम
७. बुद्धिप्रकाश ओली - सभापति, नेपाली जनसम्पर्क समिति,क्यानडा
८. पुष्पा मिश्र - सभापति,नेपाली जनसम्पर्क समिति,साईप्रस        
९. यादव बस्नेत - सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क 
१०. सुधीर कुमार राना -  सभापति, नेपाली जनसम्पर्क समिति,फ्रान्स                                                    
११. शिखर खड्का - सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
१२. काजीकुमार गुरुङ - सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ  
१३. दिपिका भुसाल - सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल 
१४. राजन चापागाईं - सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली  
१५. रोशन केसी - सभापति,नेपाली जनसम्पर्क समिति, जापान  
१६. राजेन्द्र रसाईली - सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत  
१७. कुमार पौडेल - सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग                                      
१८. निर्मला राना मगर - सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ  
१९. चोलाकान्त पंगेनी - सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया                              
२०. सालिक गौतम - सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२१. बुद्धिसागर घिमिरे - सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड                          
२२. जीतेन्द्र शाही - सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२३. शालीकराम चापागाईँ - सभापति,नेपाली जनसम्पर्क समिति, ओमान                            
२४. भिम परियार - सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड  
२५. वकिल केसी - सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल                                         
२६. मोहम्मद अजिज अली - सभापति,नेपाली जनसम्पर्क समिति, कतार  
२७. भजिन्द्र क्षेत्रि - सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया                               
२८. सन्तोष श्रेष्ठ - सभापति,नेपाली जनसम्पर्क समिति,  स्पेन  
२९. नबिन थपलिया - सभापति,नेपाली जनसम्पर्क समिति,स्वीडेन                                    
३०. भुवानी प्रसाद तिम्सिना - सभापति,नेपाली जनसम्पर्क समिति, युएई  
३१. युवराज गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत                                                
३२. जीवन जंग कुवँर - सभापति,नेपाली जनसम्पर्क समिति,अष्ट्रिया                                      
३३. सन्देश केसी - सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा                                       
३४. अर्जुन थापा - सभापति, नेपाली जनसम्पर्क समिति, साउदी अरब


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview