परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

no-image

नेपाल मुहार - २०८१-०१-१३

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ ।

विहिबार भएको भेटवार्तामा नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो । 

भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका छन् ।

पर्यटकीय राजधानी पोखरामा वैशाख १५ गतेदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ को अवसरमा  कासाडो नेपाल आएकी हुन् । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview