नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी क्षेत्र डडेल्धुरामा यसपटक युवा नेता नैनसिंह महरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो।
२०४८ देखि ०७९ सम्म सातवटा संसदीय निर्वाचनमा देउवा अपराजित डडेल्धुरामा कांग्रेसले अन्ततः उनका विश्वासपत्र महरलाई चुनावी मैदानमा पठाएको छ। महरको राजनीति यात्रा डडेल्धुरामा नेपाल विद्यार्थी संघ र पार्टीबाट सुरु भएको थियो। २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यवहाक अध्यक्ष भएका उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भएका थिए।
नेविसंघको जिल्ला अध्यक्ष रहँदा महर २०५३ सालमा कान्तिपुर दैनिकको संवाददाता बनेका थिए । उनलृ राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा २०५७ सम्म काम गरेका थिए। २०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरेका महर २०५७ मा नेविसंघको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बने। केन्द्रीय सदस्य हुँदा नेविसंघको संगठन विभाग प्रमुख भएरसमेत काम गरेका थि । उनी २०६४ मा नेविसंघको उपाध्यक्ष चुनिए।
२०७३ सालमा निर्वाचित अध्यक्ष बनेका कांग्रेस १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए। त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका महरका पाँचवटा किताब प्रकाशित छन्।
२०६२/६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरले दैविक प्रकोप उद्धार पदक(२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जीएनएससी (बेलायत) पाएका छन्। फागुन २१ मा डडेल्धुरामा देउवाको राजनीतिक विरासत जोगाउने जिम्मा महरको काँधमा आएको छ।
जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्