निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिबाट सार्वजनिक गरिएको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी आङदोर्जी लामाले ४१३ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् । जो पाण्डे समूहबाटै उम्मेदवार बनेका थिए ।
निर्वाचनमा पाण्डे र लामा आ-आफ्ना समूहसहित होमिएका थिए ।
फलस्वरुप महासचिवमा पाण्डे इतर समूहका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए ।
अध्यक्ष निर्वाचित पाण्डे निर्माण व्यवसायी तथा राप्रपाका पूर्वसांसद, पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् ।
हेर्नुहोस्, विजयी/पराजयीको नतिजा…
✏️ टिप्पणी लेख्नुहोस्