राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्यमा समानुपातिक सूचीबाट मनोनित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउदै छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११.१५ बजे शपथ ग्रहणको कार्यक्रम तय छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । केसी नेपाली काँग्रेसको केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट मनोनित भएका हुन् ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्