सर्वोच्च अदालतका न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का एक सदस्य विरुद्ध सात वटा उजुरी परेका छन् । उक्त जानकारी संसदीय सुनुवाइ समितिले दिएको हो । आज बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसेको थियो ।

बैठकमा बोल्दै समितिका सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चको न्यायाधीश पदमा प्रस्वित मेघराज पोखरेल, श्रीकान्त पौडेल, शान्तिसिंह थापा र न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल विरुद्ध सात जनाले उजुरी दिएका जानकारी दिइन् ।

जसमध्ये पोखरेल विरुद्ध २, पौडेल विरुद्ध २, थापा विरुद्ध १ र न्याय परिषद् सदस्य नेपाल २ गरी सात वटा उजुरी परेका हुन्। सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेको भनाइ छ ।

१५ गते बस्नेत समितिको बैठकमा प्रस्तावित न्यायाधीशत्रय पोखरेल, पौडेल र थापाका कार्यायोजना सुनेर सुनुवाइ गर्ने कार्यसूची रहेको न्यौपानेले बताएकी छन् । भनिन्,’१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने योजना छ ।

त्यसको दुई दिनपछि १५ सर्वोच्चमा सिफारिस न्यायाधीश र न्याय परिषद्मा सिफारिस हुनुभएकाहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय गरिने छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’

प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल, थापा र र न्याय परिषद् सस्य नेपालका कार्ययोजनाको प्रति सुनुवाई समितिका सदस्यहरुलाई आजै वितरण न्यौपानेले जानकारी दिएकी छन् ।