शिक्षकहरूको आज एक घन्टा अगाडीबाट आन्दोलन गर्ने भएका छन् । यसअघि प्रायः मध्यान्ह १२ बजेबाट सुरू हुने आन्दोलन आज भने बिहान ११ बजेबाट सुरू हुने भएको छ ।
नेपाल शिक्षक महासङ्घका राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ । भोलीबाट हुन तयस भएको कक्षा १२ को परीक्षा कार्यक्रम शिक्षकहरूले बहिस्कार गरेका कारण सरकारले हिजो १० दिन पर सारिसकेको छ ।
राष्ट्रिय परिक्षा बोर्डले हिजो बिहान बैशाख ११ गते बाटै परीक्षा गर्ने सूचना सार्वजनिक गरेको थियो । तर, अपरान्ह सरकारले परक्षिा १०दिन सार्ने निर्णय गरेको थियो ।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई असहयोग गर्न आब्हान गरेका थिए ।
‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ’ उनिहरुले विज्ञप्तिमा भनेका थिए ।
साथै, शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन पनि महासंघले अपिल गरिएको थियो ।
✏️ टिप्पणी लेख्नुहोस्