लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो । उपचारकै क्रममा हिजो अपरान्ह उनको निधन भएको खड्काले जानकारी दिए ।

उनको अस्पतालमा एकै पटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म भएको थियो । दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा पुनको निधन भएको खड्काले बताए । पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन ।