संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (चैत २४) बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन० विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्