Connect with us

खेलकुद

टियु क्रिकेट मैदानबारे क्यानका पदाधिकारी र खेलाडीसँग प्रधानमन्त्री ओलीको छलफल

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ ।’

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.