नेकपा (एमाले) सम्बद्ध युवाहरूले पार्टी कार्यालय च्यासलमा धर्ना दिएका छन् । पार्टीको संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्वाङलाई रोकेर उपाध्यक्ष रामबहादुर थापा बादललाई बनाएको विरोधमा एमालेका युवा नेताहरू उत्रिएका हुन्।
एमाले शीर्ष नेतृत्वको उक्त निर्णयको विरोधमा हिजै साँझ युवाहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग्दै पुतलासमेत जलाएका थिए । एमाले सुधार अभियान सुरू गरेका युवाहरूले जबज लागू हुनुपर्ने, नेतृत्वको कार्यशैली सुध्रिनु पर्ने बताएका छन् । नसच्चिए विद्रोहको चेतावनी दिएका छन्।
बदलिँदो परिस्थिति अनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा गम्भीर त्रुटि गरेको उनीहरूको भनाइ छ । रास्वपाका धेरै युवा सांसदहरु एमालेबाटै विद्रोह गरेकाहरु छन् ।
✏️ टिप्पणी लेख्नुहोस्