विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

no-image

एजेन्सी - २०८१-०१-१०

बेइजिङ, १० बैशाख । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । 

 

जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन ।

 

चीनले चन्द्रमाको पुर्ण नक्सा जारी गरे पछि भविष्यमा चन्द्रमाको अनुसन्धान र अन्वेषणका लागि निकै उपयोगी हुने बैज्ञानिकहरूले जनाएका छन् ।

चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो भौगोलिक एटलस सेटमा लुनार ग्लोबको भूगर्भीय एटलस र चन्द्रमाको भौगोलिक एटलसको नक्सा चतुर्भुजहरू समावेश गरिएको चिनियाँ एकेडेमी अफ साइन्सेस (सिएअस) को जियोकेमिस्ट्री संस्थानले जनाएको छ ।

'चन्द्रमाको भौगोलिक एटलस चन्द्रमाको विकासको अध्ययन गर्न, भविष्यको चन्द्र अनुसन्धान स्टेशनको लागि साइट चयन गर्न र चन्द्र स्रोतहरू प्रयोग गर्नको लागि ठूलो महत्त्वको हुने उसको दावी रहेको छ । ‘यसले हामीलाई पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहहरू राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ, जस्तै मंगल ग्रहको पनि’ ओइयु जियाङले भने । उनी सिएअसका शिक्षाविद् र एक प्रसिद्ध चन्द्रमा वैज्ञानिक हुन्।

‘विगतका दशकहरूमा चन्द्रमा अन्वेषण र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा विश्वले महत्त्वपूर्ण प्रगति देखेको छ, जसले चन्द्रमाको बारेमा हाम्रो बुझाइमा धेरै सुधार गरेको छ। यद्यपि अपोलो युगमा प्रकाशित चन्द्र भूगर्भीय नक्साहरू लगभग आधासम्म परिवर्तन भएका छैनन्, शताब्दी पुरानो सो नक्साले अझै पनि चन्द्र भूवैज्ञानिक अनुसन्धानको लागि प्रयोग भइरहेको छ तर ती पुराना नक्साहरूले भविष्यको वैज्ञानिक अनुसन्धान र चन्द्र अन्वेषणको आवश्यकताहरू पूरा गर्न सक्दैन थिए,’ जियोकेमिस्ट्री संस्थानका वरिष्ठ अनुसन्धानकर्ता लिउ जियानझोङले भने।

अब चीनले चन्द्रमाको पुर्ण नक्सा प्रकाशित गरे पछि चन्द्रमाका बारेमा अनुसन्धान गर्न, खोज गर्नका लागि थप सहज हुने उनीहरूको भनाइ छ ।


एजेन्सी

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview