Connect with us

राजनीति

विवेकशीलसँग एकता गर्ने निर्णय रास्वपाद्वारा अनुमोदन, भोलि राष्ट्रिय सभागृहमा घोषणासभा

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको सहर्ष स्वागत गरेको छ।
केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको समेत गरेको प्रवक्ता मनिष झाले बताए।

असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरेको छ।

उनले भने, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यका पृथक् विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरूप पार्टी सचिवालयले गठन गरेको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदित भएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.