Connect with us

राजनीति

रास्वपा सभापति विष्टले गरे पार्टी परित्याग

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँका सभापति प्रदिप विष्टले पार्टी छोडेका छन् । उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएको बुझिएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-१० बाट उम्मेदवार बनेका उनले ८ हजार ७३९ मत ल्याएका थिए ।

पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रदेश समितिले स्वीकृत गर्न बाँकी रहेको बताइन्छ । जेनजी आन्दोलनपछि रास्वपाका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोडिरहेका छन् ।

कात्तिक २८ गते नेता सन्तोष परियार रास्वपाबाट बाहिरिएका थिए भने त्यसअघि सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.