Connect with us

राजनीति

रास्वपाले छ वटा प्रदेश इन्चार्जलाई मुक्त गर्यो जिम्मेवारीबाट

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीले छ वटा प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरूलाई आगामी निर्वाचन केन्द्रित काममा केन्द्रति गराउने निर्णय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

रास्वपाको कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाल इन्चार्जको जिम्मेवारीमा थिए । कोशीका इन्चार्ज परियारले पार्टी नै छाडिसकेका छन् । बाँकी रहेका छ प्रदेशका इन्चार्जलाई समेत जिम्मेवारीबाट मुक्त गरेको हो ।

प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय गराउने र केन्द्रीय सदस्यहरुलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको भन्दै सम्भावित राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरेको समेत बुर्लाकोटीले बताए। सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ(राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान समेत गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने र सबै पालिकामा पार्टीको ‘र्यापिड एक्सन टीम’ गठन गर्ने समेत निर्णय गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.