Connect with us

राजनीति

प्रचण्ड माथि विष्णु रिमालको कडा व्यंग्य

Published

on

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड माथी व्यंग्य कसेका छन् ।

नेकपा कांग्रेस र नेकपा एमालेसहितको सरकारलाई प्रचण्डले ‘षडयन्त्र’ भने पछि रिमालले व्यंग्य कसेका हुन् । 

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँ (प्रचण्ड) कै विशेषता हो। हो नि, उहाँले २०७४ मा काँग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,’ उनले लेखेका छन, ‘फेरि त्यो अवधिमा तीन–तीन पटक सत्ता सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो—जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्। ’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.