नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (२, वैशाख) बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ । कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए ।
पार्टीकै नेता–कार्यकर्ताले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि दलकै नेता छान्न नसक्नु विडम्बना भएको बताउँदै आएका छन् ।