Connect with us

राजनीति

प्रचण्डसहितको टिमले अछामी परिकार भक्सीको स्वाद चाख्यो

Published

on

हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिको सम्मानस्वरूप अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.