प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेका लागि बोलाइएको छ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् ।
साथै, आजको बैठकमा बिनियोजन बिधेयकमाथि छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषी तथा पशुपन्छी बिकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट माथी छलफल हुनेछ ।
ती मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिनेछ ।