Connect with us

राजनीति

संसद् बैठकबाट आज बाहिरिए रास्वपा सांसद

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आज सोमबारको प्रतिनिधिसभा बैठक पनि बहिस्कार गरेका छन्। यस अघि २६ औं पटक संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरुले आज २६ औं बैठक पनि बहिष्कार गरेका हुन् ।

यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपाका सांसद आज भने सभामुख देवराज घिमिरेले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका थिए ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति नहुन्जेलसम्म संसद चल्न नदिने भन्दै रास्वपा, राप्रपा, नेकपा (माओवादी केन्द्र) का सांसदहरुले १३ जेठदेखि संसद अवरुद्ध गरेका थिए । १५ जेठमा भने उनीहरुले बजेट भाषणका लागि संसद खुला हुन दिएका थिए । त्यसपछि फेरि अवरुद्ध गरे ।

तर, माओवादी दुई बुँदे सहमतिका नाममा संसद खुलाउन सहमत भएपछि रास्वपा र राप्रपा बैठक अवरुद्ध एवमे् बहिष्कार गरिरहेका छन् । ृउनीहरुले बजेट अधिवेशनमा समेत भाग लिएका छैनन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.