Connect with us

समसामयिक

कर्णाली राजमार्ग चार दिनपछि खुल्यो

Published

on

निरन्तरको वर्षा, पहिरो र बाढीले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको छ। कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आज मङ्गलबार दिउँसो एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन नेपाली सेनाले हिजो सोमबार ब्लास्टर गरेर पहिरोसँगै आएको ढुङ्गा फुटाएपछि आज सडक खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।

वर्षा निरन्तर भइरहेकाले अझै पनि सडक अवरुद्ध हुन सक्ने प्रहरीको भनाइ छ। सडक खुलेसँगै चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेततर्फ गएका छन्। राजमार्गमा अलपत्र यात्रुको यात्रा अब सहज भएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.