Connect with us

अर्थ

१४ ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारी, प्रधानमन्त्री कार्यालयले सोध्यो स्पष्टीकरण

Published

on

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज बिहिबार एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको हो। कालो सूचीमा राख्नुअघि स्पष्टीकरण सोध्नु पर्ने कानूनी व्यवस्था छ ।

कालोसूचीमा राख्नु नहुने आधार र प्रमाण भए अबको ३० दिनभित्र लिखित स्पष्टीकरण दिन पनि कार्यालयले आग्रह गरेको छ। जिम्मा लिएको विकास निर्माणको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सरकारले कालो सूचीमा राख्दै आएको छ।


हेर्नुहोस्, सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना…

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.